लगातारको वर्षाले खेत बगरमा परिणत

मुगु । लगातार ६ दिनसम्म परेको अविरल वर्षाले मुगु जिल्लाको खत्याड गाउँपालिकामा मानवीय क्षति नभए पनि भौतिकरूपमा क्षति पुर्‍याएको छ । अन्न बाली भित्र्याउने बेला वर्षाले धान, मकै, सिमी, मासलगायतका बाली बोटमै ढल्नुका साथै कोदो, फाफर बोटमै कुहिएका छन् ।

खेतीयोग्य जमिन खोलाले बगाएर बगरमा परिणत हुनुका साथै बाँकी रहेका खेतमा खोलाको बालुवा, ढुङ्गा र माटो पसेर धान पुरिएका छन् । जलविद्युत्को पावरहाउस साथै पशु चौपाया बगाएको छ।

खत्याड गाउँपालिकामा तीन हजार ६ सय घरधुरीमध्ये दुई हजारभन्दा बढी घर जोखिममा परेको बताइएको छ । वर्षाले के कति क्षति पुर्‍याएको भन्ने यकिन तथ्यांक संकलन गर्न कठिन भएको छ।

footwear zone

खत्याड वडा नं ३ का वडा सदस्य डबल बानियाँले भने, “ क्षतिको विवरण संकलन गर्न भनी सूचना प्रकाशन गरेको छौँ ।” यसै क्रममा गाउँपालिकाका अध्यक्ष, कृषि शाखा प्रमुख, सुरक्षाकर्मी र स्थानीय क्षतिको यकिन गर्न खटिएका जनाइएको छ।

You might also like

Comments are closed.