काठमाडौं । युवा व्यवसायी राज कार्कीले काठमाडौंको बागबजारमा सर्टिङ सुटिङ सेवाका लागि ‘सुट्माला’ सञ्चालनमा ल्याउने भएका छन् । यस अगाडि नरदेवीमा श्रीराज कलेक्सन सञ्चालन गरिरहेका कार्कीले सर्टिङ सुटिङको नयाँ शाखा सञ्चालनमा ल्याउन लागेका हुन् । सुटमालाको माघ १७ गते औपचारिक उद्घाटन हुँदैछ ।
बागबजार सुट् हबका लागि परिचित स्थान रहेकाले आफूले लगानी गरेको कार्कीले बताए । ‘युवाहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न डिजाइनका आधुनिक सुट्सँग सम्बन्धित सबै सुविधाहरु उपलब्ध गराउनेछौं,’ कार्कीले भने, ‘सुटमाला ब्राञ्चमार्फत नेपाली उत्पादनहरुलाई विशेष प्राथमिकता दिइनेछ ।’
नेपाली उत्पादन अन्तर्गत अल्लोका उत्पादनलाई जोड दिइने कार्कीले बताए । ‘अल्लोबाट बन्ने सुट् लगायतका सामानहरु उपलब्ध गराउने छौं,’ कार्कीले भने, ‘यसबाहेक इटालियन, इन्डियन ब्राण्डका लुगाहरु सुटमालाले उपलब्ध गराउने छ ।’

कार्कीसँग सर्टिङ सुटिङमा एक दशक लामो अनुभव छ । सुट्मालामा अनलाइनबाट पनि अर्डर गर्न सकिने कार्कीले जानकारी दिए । अर्डरका आधारमा काठमाडौँ उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गर्नेछ । यस्तो विषम परिस्थितिमा पनि आफूले नयाँ ब्राञ्च सुरु गर्दा युवा पुस्तालाई सकारात्मक सोच र उर्जा मिल्ने कुरामा विश्वास लिएको सञ्चालक कार्कीले बताउँछन् ।




Comments are closed.