मेट्रोसिटी हस्पिटलमा डा. शर्मा, हस्पिटललाई थप आधुनिकीकरण गर्ने प्रतिबद्धता

पोखरा । मेट्रोसिटी हस्पिटल प्रा.लि. पोखराको अध्यक्षमा मानसिक रोग विशेषज्ञ डा. राजन शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार हस्पिटलको  ११औं साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

हस्पिटलका सञ्चालकहरुमा निबर्तमान अध्यक्ष डा. भरतबहादुर खत्रीसहित डा. चन्द्रबहादुर मिश्र, डा. अमर गुरुङ, डा. थानेश्वर पहारी, डा. निरज केसी, डा. सुविता लालचन, डा. प्रविण त्रिपाठी, डा. सचिन ढकाल, रामचन्द्र अधिकारी छन् ।

मेट्रोसिटी हस्पिटलमा डा. शर्मा स्थापनादेखि नै कार्यरत छन् । नेपाल मनोचिकित्सक संघको केन्द्रीय महासचिवसमेत रहेका शर्मा नेपाल चिकित्सक संघ गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्षसमेत हुन् । सन् २००० देखि मेडिकल अफिसर भएर काम गरेका शर्माले २००७ देखि मानसिक रोग विशेषज्ञ भएर स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय छन् । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कार्यरत छन् ।

footwear zone

४ वर्षे कार्यकालका लागि शर्मा हस्पिटलको अध्यक्ष चयन भएका हुन् । अध्यक्ष निर्वाचित भएसँगै शर्माले मेट्रोसिटीलाई आधुनीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । ‘स्वास्थ्य क्षेत्रलाई आम मानिसको पहुँचमा पुर्याउनुपर्छ भन्नेतर्फ हामीले ध्यान दिनेछौं,’ उनले भने, ‘हस्पिटलमा नयाँनयाँ प्रविधि थप गर्दै सबैको पहुँच पुग्ने गरी सेवालाई विस्तार गर्ने तयारीमा लाग्नेछु ।’

विशेष विशेषज्ञता भित्र्याउँदै हस्पिटलको सेवालाई थप परिस्कृत गरिने उनले बताए । ‘भवनलाई व्यवस्थित गर्दै आधुनिकीकरण गर्ने र नयाँ भवन बनाउने योजनामा हामी छौं,’ उनले भने ।

You might also like

Comments are closed.