नेपाली उत्पादन चीन निर्यातमा सघाउने राजदूत हउको आश्वासन

काठमाडाैं । नेपालका लागि चीनका राजदूत हउ यान्छीले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिएका छन् ।श्रव्यदृश्यका माध्यमबाट आज पत्रकार सम्मेलन गर्दै उनले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात पुनः सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्व दिएको बताए। उनले भने , “यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका छन् । दुवै पक्षले कूटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परामर्श गर्न, सीमासम्बन्धी मामिला र हाम्रा दुई देशबीचको सहकार्यलाई व्यवस्थित बनाउन समन्वय गरिरहेका छन् ।”

कोभिड–१९ महामारीबाट मुक्त भई नेपालको अर्थतन्त्र र समाज सामान्य अवस्थामा फर्किएपछि चीन र नेपालबीचको सहकार्यले गति लिने विश्वास व्यक्त गर्दै चिनियाँ राजदूतले नेपाली पक्षले निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्न, चिनियाँ उद्यमहरूको वैधानिक हक र हितको पूर्ण संरक्षण गर्न तथा उनीहरूका व्यावहारिक समस्याहरू समाधान गर्न मद्दत गर्नेमा आफू ढुक्क रहेको बताए ।

नेपाल र चीनबीचको सिधा उडान पुनः सुञ्चालन हुने र नेपाली विद्यार्थीलाई चीन फर्काउने विषयमा उनले भने, “महामारीको सामना गर्दा विद्यार्थीका लागि विद्यालयमा फर्किनु अन्तर्राष्ट्रिय रूपमा सामान्य समस्या हो । यसअघि महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाली पक्षले अधिकांश देशसँगको अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेपछि नेपाल–चीनबीचको सिधा उडान हालसम्म बन्द भएको छ ।”

footwear zone

बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई कहिल्यै भूराजनीतिक रणनीति नभएको स्पष्ट गर्दै चिनियाँ राजदूतले नेपालजस्ता विकासशील देशहरूलाई दिगो विकासको लक्ष्य हासिल तथा साझा समृद्धि प्रवद्र्धधनमा सघाउने परियोजना भएको बताए ।

You might also like

Comments are closed.