विश्व शरीर निर्माण तथा फिजिक खेलकुद महासंघको विज्ञान तथा अनुसन्धान समितिमा श्रेष्ठ

काठमाडौं । विश्व शरीर निर्माण तथा फिजिक खेलकुद महासंघको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्षमा राजेशबाबु श्रेष्ठ नियुक्त भएका छन् ।

साथै श्रेष्ठ नेपाल बडी बिल्डिङ तथा फिटनेस संघकाअध्यक्ष र एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स फेडेरेसनका उपाध्यक्ष समेत हुन् ।

श्रेष्ठलाई उक्त समितिको अध्यक्ष नियुक्त गरिएको पत्र आज दिइएको हो। पत्रमा फेडेरेसनका अध्यक्ष पौल चुआले हस्ताक्षर गरेका छन्।
शारीरिक सुगठन खेलको विकास र प्रवर्द्धन गर्न श्रेष्ठको निरन्तर योगदान, जाँगर र सहयोगबाट प्रभावित भई फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त गरिएको उल्लेख छ।
footwear zone

You might also like

Comments are closed.