‘द क्लिफ’का अध्यक्ष कार्की जनसेवा श्री पदकबाट विभूषित

कुश्मा । अहिलेको ट्रेन्डिङ पर्यटन हव ‘द क्लिफ’ का अध्यक्ष राजु कार्की संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।

राजुको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदिको खोँचमाथी पर्वत र बागलुङ बलेवा जोड्ने गरि बाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जीजम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि संचालनमा छन् ।

footwear zone

‘सामान्यदेखि एक्स्ट्रीम थ्रील हुने एड्भेन्चर हामीसँग छन्,’ अध्यक्ष राजु थप्छन्,  ‘सबै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।’ राष्ट्रपतिद्वारा संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ २९ को सिफारिसमा संविधान दिवस, २०७८ को अवसरमा विभूषण प्रदान भएको हो ।

पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरी विशिष्ट योगदान पुर्‍याए बापत कार्की गत वर्ष पर्यटन मन्त्रालय र नेपाल जेसिजबाट पनि सम्मानित भएका थिए ।

You might also like

Comments are closed.