तनहुँ । विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका व्यासनगरपालिका–११ सेरा निवासी रमेशप्रसाद आचार्य स्वदेश फर्किएर गाईपालनमा लागेका हुन् ।
स्नातक पास गरेका उनि जागिरभन्दा आफ्नै स्वतन्त्र पेसा राम्रो लागेर गाईपालनमा लागेको बताउछन् । तीन वर्षको मलेसिया बसाइँमा सन्तोषजनक कमाई भए पनि स्वदेशमै बसेर केही गरौँ भन्ने मनसायले फर्किएर गाईपालन व्यवसाय थालेको आचार्यको भनाइ छ ।
सुरुमा एक/दुईवटा गाईबाट व्यवसाय सुरु गर्नुभएरेका उनले थप्दै गएर अहिले ७ वटा गाई पु¥याएका छन् र अझै केही गाई थप्ने योजना उनको छ । दैनिक एक सय साठी लिटर दूध उपभोक्ताको घरघरमा पुगेर बिक्री गर्दै आएको छु । आचार्य भन्छन्, “एक सय लिटर अन्यत्र कृषकबाट र साठी लिटर आफ्नो फार्मबाट उत्पादित दूध बिक्री गर्दै आएको छु ।”

आफ्नो बारीको घाँसले मात्रै नपुगेपछि जग्गा भाडामा लिएर वार्षिक रु तीस हजार बुझाउँदै आएका उनि सबै लागत खर्च कटाएर मासिक कम्तीमा रु पचास हजार कमाउँदै आएको र अन्य कुनै निकायबाट अनुदान नपाएको बताउछन् । तीन रोपनी जमिनमा मौसमअनुसार तरकारी खेती गरेर राम्रो कमाई पनि गर्दै आउनुभएका आचार्यले काँक्रो, लौका, घिरौँला, फर्सी, भिन्डीलगायत तरकारी खेतीबाट राम्रो कमाई भइरहको उनि बताँउछन् ।




Comments are closed.