रामपुर नगरपालिकाद्वारा खोप किन्न अनुमति माग

 

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले आफ्ना नगरवासीका लागि कोरोनाविरुद्धको खोप किन्नका लागि सरकारसँग अनुमति मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीलाई मन्त्रालयमा नगरपालिकाका प्रमुख रमण थापा सहितको टोलीले भेट गरी खोप किन्ने अनुमति मागेको हो ।

मन्त्री त्रिपाठीले खोप किन्नका लागि सरकारको तर्फबाट पनि केही आर्थिक तथा प्राविधिक सहयोग दिने आश्वासन दिएको नगरप्रमुख थापाले जानकारी दिए । उनका अनुसार नगरपालिकाको प्रयास उदाहरणीय रहेको र किनेर ल्याउन तथा भण्डारणको व्यवस्था गर्न सकेमा त्यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै मन्त्री त्रिपाठीले खुशी व्यक्त गरे ।

footwear zone

नगरप्रमुख थापाले आफूले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा र विकास बजेट र जनप्रतिनिधिहरूको भत्ता कटाएर ५० हजार खोप किन्ने योजना नगरपालिकाले बनाएको मन्त्री त्रिपाठीलाई जानकारी दिए । खोप खरिदका लागि नगरपालिकाले भारतका विभिन्न कम्पनीसँग छलफल गरिरहेको छ ।

You might also like

Comments are closed.