काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार दिउँसो ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जेठ २४ गतेका लागि जारी मिति तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको रहेको छ ।

भोलि बिक्री हुने कुल ट्रेजरीमध्येमा पुरानो नवीकरणअन्तर्गत १६ अर्ब नौ करोड र बाँकी पाँच अर्ब रुपैयाँबराबरको नयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ भदौ २१ गते, २०७९ भदौ २० गते र २०८० जेठ २३ गते तोकिएको छ ।





Comments are closed.