राष्ट्रिय सभाद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रियसभाले ‘यौन अपराधविरुद्ध उजुरी हद म्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा’ संकल्प प्रस्ताव स्वीकृत गरी सोको कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका सांसद् कमला पन्तले पेश गरेको सो प्रस्तावमा सांसद् डा विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेल्वासे, प्रमिला कुमारी, मदनकुमारी साह, तुलप्रसाद विश्वकर्मा, डा खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थन गरेका थिए ।

प्रस्तावमाथि छलफल भएपछि बैठकले सर्वसम्मतिले स्वीकृत गरी सरकारलाई कार्यान्वयनका लागि निर्देश गरेको हो । प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेशकुमार आले, भैरवसुन्दर श्रेष्ठ, सुमित्रा विसी, गोमादेवी तिमिल्सिना, दिलकुमारी रावल थापा, जयन्ती देवी राई, उर्मीला अर्याल र नरपती लोहारले यौन अपराध विरुद्ध उजुरी हद म्याद हटाउनुपर्ने माग गरेका थिए ।

footwear zone

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यौनजन्य अपराधको कानुन सुधारको सम्वन्धमा अध्ययन भइरहेको जानकारी दिँदै हदम्याद हटाउने सम्बन्धी कानुन संशोधन गर्ने तयारी भएको बताए। राष्ट्रियसभाको अर्को वैठक यही जेठ २४ गते १ बजे बस्ने छ ।

 

You might also like

Comments are closed.