मूल्य नपाउँदा रोकियो उत्पादन

बलेवा ।  ठूला अनि मुलायम देखिने पात । देख्दै खाउँ खाउँ लाग्ने रायोको साग बागलुङ बजारमा देखियो भने धेरैले सोध्थे कहाँको साग हो ? सदरमुकाम बागलुङ बजारदेखि केही पर रहेको बागलुङ नगरपालिका–११ रायडाँडामा उत्पादन हुने साग बागलुङ बजारका तरकारी पसलहरुमा सजिँदा मुहार नै फेरिए जस्तै हुन्थ्यो । अँगालोमा बोक्नु पर्ने गरी सप्रिएका साग किसानले डोकोभरि बोकेर ल्याउँथे । बजारमा रायडाँडामा साग निकै रुचाइन्थ्यो तर यो वर्ष रायडाँडामा रायोको साग फलेन ।

किसानले रायोको साग लगाउने बारीमा कोदो लगाए । कोदोको उत्पादन लिएपछि गहुँ लगाउने तयारीमा किसान छन् । वर्षौं पहिलेदेखि रायडाँडामा रायोको साग खेती हुन्थ्यो । पछिल्ला केही वर्षयता यहाँका झण्डै २० परिवारले रायोको सागलाई आम्दानीको राम्रो स्रोत बनाएका थिए । रायो फल्न छोडेर यहाँका किसानले खेती नगरेका भने होइनन् । उपभोक्ताले निकै रुचाउने सागको मूल्य बिचौलियाका कारण निकै कम भएपछि यहाँका किसानले यो वर्ष साग नलगाएका हुन् ।

“अघिल्लो दिन रु ३५ किलोमा बेचेको साग भोलिपल्ट पठाउँदा व्यापारीले रु १० बनाइदिए, उनीहरुले प्रशस्तै नाफा खाने हाम्रो मालको मूल्य परेन”, लामो समयदेखि रायो सागको व्यावसायिक खेती गर्दै आएका दलबहादुर थापाले भने, “बिचौलिया मोटाउन किन दुःख गर्नु भनेर यस वर्ष सबैको सल्लाहमा साग लगाएनौँ ।”

footwear zone

दलबहादुरले मात्रै वर्षमा ८० क्विन्टलसम्म साग बिक्री गर्दै आएका थिए । उनि जस्तै रायो फलाउने रायडाँडामा २० परिवारभन्दा धेरै छन् । गाउँका अन्य केहीले व्यावसायिक नभए पनि घर खर्च चलाउने गरी साग फलाउँथे । “यहाँबाट ढुवानी गरेर बजार पु¥याउन किलोको रु चार भन्छन्”, थापाले भने, “बल र मलको मूल्य खोई ? बरु कोदो लगाएर खान त पुग्छ ।”

यो वर्ष बजारका बिचौलियालाई चुनौती दिनकै लागि किसानको सल्लाहमा साग नलगाएको उनले बताए । किसानले सहकारी बनाएर बजारमा आफ्नै बिक्री केन्द्र र चिस्यान केन्द्रको तयारीसमेत गरेका छन् । “चिस्यान केन्द्र भयो भने अर्को वर्षबाट लगाउने हो”, उनले भने, “मूल्य नपाएसम्म बजार नपठाउने भन्ने हामी किसानको सल्लाह छ ।”

रायडाँडामा पानीका स्रोत प्रशस्त रहेको र रायोको सागका लागि उपयुक्त माटो रहेकाले उत्पादन राम्रो हुने गरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतम बताउछन् । “किसानको समस्या समाधानका लागि चाहिने चिस्यान केन्द्र माग गरी सङ्घ र प्रदेशमा पठाएका छौँ, वडाको पहुँचमा भएको विषय भएन”, गौतमले भने, “हामीले सहज वातावरण बनाउनका लागि सहकारीलाई परिचालन गर्नेछौँ ।” रायडाँडाका किसान समावेश हुने गरी जैविक साना किसान कृषि सहकारी गठन गरेर सङ्कलन, बिक्री केन्द्र र उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने काम भइरहेको उनले बताए ।

You might also like

Comments are closed.