उर्जा बचत कार्य गरे वापत रा.वा.बैंकद्वारा १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित  ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत शुक्रबार ६ करोड ५० लाख रुपैंया रकम हस्तान्तरण गरेको छ ।

बैंकले एशियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक÷एक करोड रुपैंया, नेपाल वायर्स एण्ड केवल लाई ६४ लाख ८४ हजार रुपैंया, पञ्चकन्या स्टील इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार रुपैंया, पञ्चकन्या मेटल इन्जिनियरिङ्ग लाई ४४ लाख १९ हजार रुपैंया, एसआर स्टील इन्डष्ट्रिजलाई ४३ लाख २१ हजार रुपैंया, क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार रुपैंया, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार रुपैंया, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार रुपैंया, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई २२ लाख ५८ हजार रुपैंया, हिमालयन नेचुरललाई १७ लाख ४० हजार रुपैंया र विजयदिप ल्याब्रोट्रिजलाई ८ लाख ४५ हजार रुपैंया रकम हस्तान्तरण गरेको छ । मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउंदै हालसम्म ३० वटा भन्दा बढी उद्योगहरुलाई १६ करोड ३५ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए । नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले] ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।

footwear zone

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको अनुदान रकमको सीमा कायम गरिएको छ ।

उक्त समारोहमा NEEP कार्यक्रमका व्यवसायजन्य स्वास्थ्य तथा सुरक्ष विज्ञ डा. दुर्गा कारणजीत, बैंकका नायब पमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विमल डङ्गोल, विनयरमण पौडेल, उप प्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

 

You might also like

Comments are closed.