काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करार सेवाका लागि ११ जना कर्मचारी मागेको छ । बैंकले आज सूचना जारी गर्दै रिक्त पदमा एक वर्षे करार सेवाका लागि दरखास्त आह्वान माग गरेको हो ।
बैंकले जारी सूचनामा बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनिमय १०९ मा भएको व्यवस्था अनुसार करार सेवामा विशेषज्ञ विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको उल्लेख छ ।
दरखास्त आजबाट बुझाउन सकिने छ । दरखास्त बुझाउने अन्तिम मिति आजबाट ७ दिन तोकिएको छ ।बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । दरखास्त फारम बैंकको केन्द्रीय कार्यलय मानव संसाधन विभागमा बुझाउनु पर्नेछ ।आवेदन बैंकको वेभ साइटमा गएर भर्न सकिने छ ।






Comments are closed.