राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो एक कर्मचारीलाई बरखास्त

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले एक र्कमचारीलाई बैंकको सेवाबाट बरखास्त गरेको छ ।

बैंकले आज एक सूचना जारी गर्दै बैंकको जलेश्वर शाखा कार्यालयमा कार्यरत सहायक अनिल कुमार चौधरीलाई बैंकको सेवाबाट हटाएको जानकारी दिएको छ ।

बैंकको जारी सूचनामा भनिएको छ, ‘बैंकको निर्णयअनुसार कर्मचारी सेवा विनियमावली २०७० को विनिमय ४५ को उपविनिमय (४) बमोजिम बिदा स्वीवकृत नगराई ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका महोत्तरी जिल्ला, औरही नगरपालिका वडा नं.१ का चौधरीलाई गयल खारेज गरी कार्यालयमा अनुपस्थित रहेको मिति गत असोज २२ गतेदेखि लागू हुनेगरी भविस्यमा बैंकको नोकरीको लागि अयोग्य नठहरिने गरी बैंकको सेवाबाट हटाइएको छ ।’

footwear zone

You might also like

Comments are closed.