काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र फोन पेबीच सम्झौता भएको छ । वाणिज्य बैंकका ग्राहकले अब फोनपे क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हुन् ।
सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ प्रमुख ऋषिराम ढकाल र फोनपेका बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक र वाणिज्य बैंकका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । यो योजना ७ असोजदेखि १४ असोजसम्म सञ्चालन हुनेछ ।

त्यस्तै, फोनपेले दसैं पर्वलाई लक्षित गरी ‘चाडवाडमा जीवन सहज बनाऔं,नगद छाडौं, फोनपे गरौं’ योजना ल्याएको छ । यो योजना अन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने, फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख रुपैयाँ जित्न सकिनेछ ।




Comments are closed.