राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्मचारीलाई पूर्व सेवाकालीन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बागमती र गण्डकी प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीलाई सोमवारबाट पूर्व सेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरेको छ । तालिम १४ दिनसम्म संचालन हुनेछ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा यो दुई हप्ताको तालिमबाट प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगि संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए । अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने उनले बताए ।

कार्यक्रममा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदै ग्राहकको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताइन् । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रविधिको प्रयोग मार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए ।

footwear zone

मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रममा बैंकका विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी., मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीको उपस्थिति थियो ।

You might also like

Comments are closed.