काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलवार उद्घाटन गरेका हुन् । शाखा कार्यालय नक्सालमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद, चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम लगायत सेवा उपलब्ध गराइने बताइएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँबरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे ।




Comments are closed.