राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ ।

सिरहामा गोलबजार शाखा, बैतडीमा पाटन शाखा, दार्चुलामा गोकुलेश्वर शाखा, मोरङ्गमा बिराटचोक शाखा, मकवानपुरमा सानोपोखरा शाखा, ललितपुरमा ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्लामा छिन्चु शाखा, कालिकोटमा रास्कोट शाखा, दैलेखमा राकम कर्णाली शाखा र स्याङजामा वालिङ शाखाको कारोबार शुभारम्भ गरिएको छ । बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताए ।

footwear zone

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ,QR Code सेवा, POS (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा बिना ईन्टरनेट चल्ने USSD मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।

You might also like

Comments are closed.