राष्ट्रिय वाणिज्य बैंकमार्फत विदेशबाट अब निःशुल्क मनी ट्रान्सफर गर्न सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङमार्फत नयाँ नयाँ सुविधाहरु दिदै आइरहेको छ । बैंकले आफ्नो वेवसाइट, मोबाइल बैंकिङ (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको RBB Request Remit बाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने RBB Request Remit सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ र ट्रान्सफर प्रयोग गरी बैंकको RBB Request Remit पोेर्टलको Send Remit मार्फत रकम पठाउन सक्नेछन् । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ ।

footwear zone

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.