५० करोड लगानीमा अमेरिकाको आरसी कोला नेपालमै उत्पादन

काठमाडौं । भेन्चुरा बोटलर्स प्रालिले आरसी कोलालाई नेपाली बजारमा बिक्रीवितरण सुरू गरेको छ । अमेरिकी ब्रान्ड आरसी कोलालाई कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको हो । मकवानपुरमा ५० करोड रूपैयाँ लगानीमा कम्पनीले प्लान्ट स्थापना गरेको छ ।

अत्याधुनिक प्रविधि सहितको प्लान्टबाट अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रण गरि आरसी कोला उत्पादन सुरू भएको हो । सन् १९०५ देखि उत्पादन सुरु गरिएको अमेरिकी मौलिक सफ्ट पेय पदार्थ हो ‘आर सी कोला’। आर सी कोलालाई विश्वव्यापी उपभोक्ताको ११६ वर्ष सम्म स्नेह रहेको छ र यो अझै पनि अटुट छ। भेन्टुरा बोटलर्स प्रा लिले, यस पेय पदर्थको नेपालका लागि उत्पदन तथा बितरण गर्ने घोषणा गर्न पाउँदा हामी हर्षित छौं ।”

आइतबार आरसी कोला लन्च कार्यक्रममा निर्देशक सुभाष आचार्यले भने, “आर सी अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त कार्बोनेट गरिएको उत्कृष्ट सफ्ट पेय पदार्थको हो । अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली पानीसँग मिसिएर बोतल भरिन्छ । यसको आवश्यक कच्चा पदार्थ कोलम्बस, जर्जिया र अमेरिकाबाट आयात गरि मकवानपुरमा उत्पादन गरिन्छ “।

footwear zone

आर सीका उत्पादनहरू संयुक्त राष्ट्रको खाद्य तथा औषधि प्रशासन (एफडीए), युरोपको युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) र विभिन्न अफ्रिकी तथा एसियाली राष्ट्रका खाद्य सुरक्षा अधिकारीहरूको अनुमोदनमा बनेका र प्रशासित भएका छन्। उपभोक्ता सन्तुष्टि र उत्पादनको गुणस्तरमा हाम्रो सम्झौता हुनेछैन । संसारको सबैभन्दा पुरानो मौलिक  आरसी कोला अहिले नेपालमै छ भन्न पाउँदा गौरव महसुस भएको प्रमुख कार्यकारी अधिकृत कविन अर्यालले बताए । “६७ राष्ट्रले स्वीकार गरेको स्वाद हामीले तपाईंहरु सामु लिएर आएका छौँ” उनले भने ।

You might also like

Comments are closed.