रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा ३ मत बढी ल्याएर आचार्य विजयी

रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । आचार्यले निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत प्राप्त गरेका थिए । एक हजार २१८ मतदाता रहेको संघो निर्वाचनमा ९८५ मत खसेको थियो । मंगलबार भएको मतदानको अन्तिम मतपरिणाम राति अबेर घोषणा भएको थियो । सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा विजयी भएका छन् ।

संघको दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

footwear zone

गत माघ ४ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम कोरोनाको नयाँ भेरियन्टको प्रभावसँगै स्थगन भएको थियो ।

 

You might also like

Comments are closed.