सम्पदा पुनः निर्माणमा जोड

रसुवा । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भूकम्पका कारण क्षति पुगेका धुञ्चेस्थित जिल्लासभा हलको आज स्थलगत निरीक्षण गरेका छन् ।

सो अवसरमा उहाँले जिल्लाको गहनाको रूपमा रहेको सम्पदालाई पुनःनिर्माणमा लान अत्यावश्यक देखिएकाले बजेट व्यवस्थापनका लागि आफूले आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।

गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ६ धुञ्चेमा रहेको सो सभा हल पुनःनिर्माणका लागि शहरी विकास मन्त्रालयमार्फत प्राविधिक प्रतिवेदनसहित रु ३८ करोडको लागत अनुमान तयार भइसकेको छ ।

footwear zone

तयार भएको प्रतिवेदनले उत्कृष्ट गेष्ट हाउसको अलावा ५०० मानिस अट्ने क्षमताको सभा भवन निर्माण हुने बताइएको छ । यस्तै पर्यटकीयस्थल र विद्युत् विकासका लागि करिडोरको रूपमा अगाडि बढी रहेको क्षेत्र रसुवामा शहरी विकासका गतिविधि अगाडि बढाउन उपयुुक्त स्थानको पहिचान गरी खाका तयार गर्नसमेत राज्यमन्त्री मानन्धरले सुझाव दिए ।

हिमाली क्षेत्रको भौगोलिक अवस्था, सडक मार्गलगायत निर्माणाधीन विकास आयोजनासमेतका विविध विषयको अवलोकनका गर्ने क्रममा धुञ्चेस्थित हिमालयन वाटर एवं रुद्र गङ्गा नेचुरल स्प्रिङ वाटर उद्योगको साथै स्याफ्रुबेँसीमा अवस्थित २२ मेगावाट क्षमताको विद्युत्गृहसमेत राज्यमन्त्री मानन्धरले अवलोकन गरेको गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

You might also like

Comments are closed.