अथेन्टिक कस्मेटिक स्टोर रिट स्किन बुटिक संचालनमा आउने

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रियस्तरको कस्मेटिक आउटलेट खुल्ने भएको छ । बुटिकले अन्तर्राष्ट्रियस्तरका प्रख्यात स्किन केयर तथा मेकअपका ब्राण्डहरु आयात गर्ने बताइएको छ ।

बानेश्वरको आइप्लेक्स मलमा दोस्रो तलामा रिट स्किन बुटिक प्रा.लि. आधिकारिक स्टोर संचालनमा आउन लागेको हो । स्टोरको असोज २ गते आइतबार कलाकार दिपाश्री निरौलाले उद्घाटन गर्ने कार्यक्रम छ ।

आउटलेटमा अन्तर्राष्ट्रियस्तरका प्रख्यात स्किन केयरका ब्राण्ड सेटाकिल, मिडिक्स, अडिनरी तथा मेकअप ब्राण्डमा मिलानी, मेविलिन, मिसटिन, मेकअप टुल्ससहित चर्चित कस्मेटिक ब्राण्डहरु उपलब्ध हुने कम्पनीका फाउण्डर तथा सिइओ रीता कट्टेलले बताइन् ।

footwear zone

नेपालकै ठुलो रिटेल चेन साथीमार्टसँगको सहकार्यमा स्थापना भएको यस स्टोरले निकट भविष्यमा आफ्नै ब्राण्डमा सामान उत्पादन गर्ने, फ्रेन्चाइज प्रदान गर्ने तथा साथीमार्टका विभिन्न आउटलेटबाट २० भन्दा बढी प्रमुख शहरमार्फत बिक्री वितरण गर्ने लक्ष्य लिएको उनले जानकारी दिइन् ।

शुभारम्भको अवसरमा विभिन्न आकर्षक छुटका अफर समेत उपलब्ध हुनुका साथै अनलाइन मार्फत नेपाल भरबाट पनि अर्डर गर्न सकिने बताइएको छ । फास्ट डेलिभरीको सेवा कम्पनीले उपलब्ध गराउने कट्टेलले जानकारी दिइन् ।

You might also like

Comments are closed.