‘ग्लोबल मनी विक’मा रिलायन्स फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले ‘ग्लोबल मनी विक-२०२२’ को अवसरमा वित्तीय साक्षरता एवं बैंकिङ चेतनामुलक अभिमुखीकरण कार्यक्रम गरेको छ । फाइनान्सले देशभर विभिन्न शाखामार्फत कार्यक्रम गरेको छ ।

प्रदेश नं १ को झापास्थित सुरुंगामा अबस्थित कन्काई बहुमुखी क्याम्पसमा अध्ययनरत बि.बि.एस. तहका विद्यार्थी र झापाकै मेचीनगर १२ सहरेजगिमा रहेको सरस्वती बालकल्याण माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरी फाइनान्सले कार्यक्रम गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशन अन्तर्गत कोहलपुर–१० बाँकेस्थित त्रिभुवन नमूना माध्यमिक विद्यालयका विद्यार्थी, बागेश्वरी बहुमुखी क्याम्पसका बि.बि.एस. तहका विद्यार्थी र राजापुर नगरपालिका वडा नं ४ बर्दियास्थित अमर शहिद बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी सचेतनामुलक कार्यक्रम गरिएको फाइनान्सले जनाएको छ । वित्तीय सचेतनामुलक कार्यक्रममा ३ सय ८० जना विद्यार्थीको सहभागिता थियो ।

footwear zone

त्यसैगरी राजापुर नगरपालिकाका कृषक समूहसंग समेत फाइनान्सले बैंकिङ चेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । रिलायन्स फाइनान्सले देशभर २१ शाखामार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.