काठमाडौं । रिलायन्स फाइनान्सले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बचतकर्तालाई उच्चतम लाभ दिनेगरी फाइनान्सले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
त्यस्तै, फाइनान्सले रिलायन्स सारथी सेभिङ खाताको सुरुवात गरेको छ । यो खातामा बचत कर्ताले १०.४७ प्रतिशत ब्याच प्राप्त गर्न सक्ने फाइनान्सले जनाएको छ ।
त्यस्तै, प्लाटिनम बचत खातामा ९.३५ प्रतिशत, डाइमन्ड बचत खातामा ८.७२ प्रतिशत, गोल्ड बचत खातामा ८.४७ प्रतिशत ब्याज प्रदान गरिने फाइनान्सले जनाएको छ । अन्य बचतमा पनि फाइनान्सले ८ प्रतिशत भन्दाबढी ब्याज प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी फाइनान्सले मुद्धति खातामा १३.४७ प्रतिशतसम्म ब्याज प्रदान गर्दै आइरहेको छ । रेमिट्यान्स मुद्धति बचतमा थप १ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ ।





Comments are closed.