काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सितापाइला शाखाको वार्षिकोत्सवको अवसरमा ग्राहक भेटघाट, अन्तरक्रियाका तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । आइतबार शाखाले पहिलो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, बोर्ड अफ डाइरेक्टरका सदस्य, प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल श्रेष्ठ, डेपुटी सिइओ समाजप्रकाश श्रेष्ठ र फाइनान्सका व्यवस्थापन समितिका सिनियर सदस्य लगायत उपस्थित थिए ।

सिइओ अनिल श्रेष्ठले ग्राहक भेटघाट कार्यक्रमले ग्राहकको आवश्यकता बुझ्न र ग्राहकसँगको सम्वन्ध मजबुत बनाउने बताए । कार्यक्रममा फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, बोर्ड सदस्य र व्यवस्थापन समितिका सदस्यले ग्राहकसँग अन्तरक्रिया गरेका थिए ।




Comments are closed.