धनगढी । रिलाायन्स फाइनान्स लिमिटेडले सुदुरपश्चिममा रहेका शाखा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । महेन्द्रनगर, अत्तरिया र धनगढी शाखा संचालनमा आएको एक वर्ष पुरा भएको सन्दर्भमा फाइनान्सले छलफल तथा अन्तरक्रिया गरेको हो ।
चैत ११ गते धनगढीमा, चैत १२ गते महेन्द्रनगरमा र चैत १३ गते अत्तरियामा छलफल तथा अन्तरक्रिया भएको हो । सबै शाखाको छलफलमा ग्राहक, उद्योगी, व्यवसायी, समाजसेवी तथा संचारकर्मीहरुको उपस्थिति रहेको फाइनान्सले जनाएको छ । अत्तरियामा आयोजित कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वसन्त रोकाया, बर्तमान अध्यक्ष अशोक देवकोटा, व्यवसायी बालकृष्ण प्रसाईं लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सुदरपश्चिम क्षेत्रमा पर्यटन, कृषि लगायत साना तथा मझौला व्यवसायका क्षेत्रमा फाइनान्सले प्राथमिकताका साथ लगानी गर्दै आइरहेको फाइनान्सका बिजनेस हेड ओमकार आचार्यले जानकारी दिए । निजी क्षेत्र तथा स्थानीय ग्राहकसँग सहकार्य गर्दै अगाडि बढ्ने फाइनान्सले प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने गरी इजाजत प्राप्त फाइनान्सको प्रधान कार्यालय प्रदर्शनी मार्ग काठमाडौंमा छ । न्यूरोड काठमाडौं, सितापाइला काठमाडौं, इमाडोल ललितपुर, नारायणघाट चितवन, पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापा, गोरखा बजार गोरखा, मणीग्राम रुपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखा कार्यालय स्थापना गरी फाइनान्सले वित्तीय कारोबार गर्दै आइरहेको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुको सेवाको लागि आफ्नै मोबाइल एप्स रिलायन्स स्मार्ट एप्स संचालनमा ल्याएको छ । एससिटी नेटवर्क एटिएम, विभिन्न रेमिटेन्स सेवाहरु, सी आश्वा, आइपिएस, कनेक्ट आइपिएस, एबिबिएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, एसएमएस बैंकिङ, एससिटी मोको (सजिलो पेमेन्ट्स, सजिलो लाइफ एप्स) लगायतका सेवा फाइनान्सले प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.