बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–४ की ३६ वर्षीय कुमारी घर्तीलाई गर्भवती अवस्थामा जटिल समस्या उत्पन्न भएपछि बिहीबार हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।
प्रसूति व्यथाले च्यापेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी घर्तीलाई त्यहाँ उपचार सम्भव नभएपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा प्रभु हेलिकप्टर कम्पनीको समन्वयद्वारा ऐयर लिफ्टिङ गरी उनको उद्धार पोखरा लगिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक मिलन मल्लका अनुसार आठ महिनाकी गर्भवती घर्तीको पाठेघर बाहिर निस्किएको थियो । घर्तीको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ ।

गर्भवती र सुत्केरी अवस्थामा जटिल समस्या आउँदा तुरुन्त सुविधासम्पन्न अस्पतालमा पु¥याउन सामाजिक विकास मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गर्दै आएको छ ।




Comments are closed.