वीरगन्ज महानगरले उठायो अघिल्लो वर्षभन्दा ४५.७० प्रतिशत बढी राजस्व

पर्सा । वीरगन्ज महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामाा गत आवमा ४५ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा महानगरपालिकाले संकलन गरेको राजस्वको तुलनामा आव २०७८/७९ मा ३० करोड ५६ लाखभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।

अघिल्लो आवमा महानगरपालिकाले रु ६६ करोड ८८ लाख ९४ हजार राजस्व संकलन गरेकामा आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले रु ९७ करोड ४५ लाख ८३ हजार राजश्व संकलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४५.७० प्रतिशत बढी हो । महानगरपालिकाले गत आवमा सबै भन्दा बढी घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट राजस्व संकलन गरेको छ ।

अघिल्लो आवमा रु २० करोड ९९ लाख २३ हजार संकलन भएकोमा गत आवमा २५ करोड २४ लाख ३५ हजार बढी अर्थात ४६ करोड २३ लाख ५९ हजार संकलन भएको छ । त्यसै महानगरपालिकाले सम्पत्ति करमा गत आवमा १२ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

footwear zone

अघिल्लो आवमा कार्यालयले रु १५ करोड २१ लाख ८७ हजार राजस्व संकलन गरेकोमा गत आवमा एक करोड ८६ लाख ५२ हजार बढी अर्थात १७ करोड ८ लाख ३९ हजार राजस्व संकलन गरेको महानगरपालिका राजस्व शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए ।

You might also like

Comments are closed.