ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व संकलन

काठमाडौं । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड बढी राजस्व संकलन गरेको छ । मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व संकलन गरेको हो ।

आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व संकलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले रु तीन करोड ७५ लाख ५६ हजार, सप्तरीले रु दुई करोड १२ लाख ५१ हजार, धनुषाले रु एक करोड ९७ लाख ५७ हजार, महोत्तरीको रु दुई करोड ५३ लाख १९ हजार ५००, सर्लाहीले रु दुई करोड १६ लाख ३४ हजार ५००, बाराले रु दुई करोड ४५ लाख ६८ हजार र पर्साले रु दुई करोड ८५ लाख २१ हजार ५०० राजस्व संकलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख गरिएको छ ।

footwear zone

सो कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ वटा सवारी साधनबाट रु १९ करोड १६ लाख ३७ हजार राजस्व संकलन गरेको थियो ।

You might also like

Comments are closed.