काठमाडौं । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जंजली जडीबुटी संकलनबाट रु ४० हजार १६ हजार ६४ राजस्व संकलन भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी संकलन र काठ बिक्रीबाट पनि उक्त राजस्व संकलन भएको हो ।
सो आवमा जिम्बु संकलनबाट रु ३९ हजार ९८, वन लसुनबाट रु ३४ हजार ५१२, गुची च्याउबाट रु १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट रु ३६ लाख २९ हजार ५०१ र टिम्बरबाट रु दुई लाख ९५ हजार ४९९ राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० का प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७।०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ ।
गत वर्ष कोभिड- १९ का कारण जंगली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएको थियो । गतवर्षको तुलनामा यस वर्ष भने सहज भएकाले राजस्वमा पनि वृद्धि भएको गौतमले बताए । कुनै पनि रोगको संक्रमण नहुँदा सहज रुपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी संकलनमा आउनेको संख्या बढेपछि राजस्वमा वृद्धि भएको हो ।
गत आर्थिक वर्ष मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट रु १३ लाख ९७ हजार २५० राजस्व संकलन भएको थियो । संकलित राजस्व संघीय सरकारअन्तर्गत वित्तीय आयोगमा पठाइनेछ । वित्तीय आयोगले ५० प्रतिशत सङ्घ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५÷२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको गौतमले बताए ।
जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले बताए । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले जानकारी दिए ।
मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्कर लगायतका स्थानबाट जङ्गली जडीबुटी संकलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् ।नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी संकलन गरिन्छन् ।
ठेकेदारले जङ्गली जडीबुटी संकलनका लागि ठेक्का लिने र बाहिरबाट संकलनकर्ता ल्याएर टिपिने गरिन्छ । ठेकेदारले कममा रु ३० हजारदेखि ४० हजारसम्म पूर्जी काटेर ठेक्का लिने गरेका गर्दछन् । करिब दुई महिना खर्कमा बसेर जङ्गली जडीबुटी संकलन गर्ने गर्दछन् ।




Comments are closed.