जिल्ला ट्राफिक बागलुङद्वारा ७० लाख राजस्व संकलन

बागलुङ । जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो । ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व संकलन गरेको ट्राफिक कार्यालय प्रमुख राजकुमार केसीले जानकारी दिए ।

प्रहरीले जथाभावी सवारीसाधन चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टाँस्ने, सवारीसाधान सजावट गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरेको हो । कारबाहीका कारण विस्तारै सडक दुर्घटनामा कमी आएको केसीले बताए ।

footwear zone

आव २०७६÷७७ मा आठ हजार आठ सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ५२ लाख तथा आव २०७७÷७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ६७ लाख ७३ हजार राजस्व संकलन गरिएको थियो । “कारबाहीको संख्या र राजस्वमा वृद्धि भएको छ”, उनले भने । जिल्लामा गत आवमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

You might also like

Comments are closed.