जलेश्वर भन्सारद्वारा १ सय ८१ प्रतिशत राजस्व असुली

काठमाडौं । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एक सय ८१ प्रतिशत राजस्व असुली गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार मसान्तसम्ममा रु एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिए ।

footwear zone

जलेश्वर भन्सारले पैठारी महसुलतर्फ रु एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार संकलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ रु ४३ करोड ५२ लाख संकलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार संकलन गरेको छ ।

त्यसैगरी अन्तशुल्क तर्फ रु पाँच करोड ३१ लाख ६९ हजार संकलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार संकलन गरेको छ । र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार संकलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व संकलन गरेको जनाइएको छ ।

सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताए ।

You might also like

Comments are closed.