राहदानीबाट मात्रै एक वर्षमा पाँच करोड राजस्व संकलन

नवलपरासी । पूर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमा पाँच करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु पाँच करोड एक लाख ३८ हजार राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।

यो अवधिमा सात हजार चारसय पाँच जनाले साधारण राहदानी र एक हजार चार सय ७६ जनाले विद्युतीय राहदानी बनाएका भुसालले बताए। भुसालका अनुसार आव २०७७/७८ मा रु दुई करोड ३४ लाख ३५ हजार, आव ०७६/७७ मा रु दुई करोड ४७ लाख ६७ हजार ५०० र आव २०७५/७६ मा रु तीन करोड ३८ लाख ८७ हजार ५०० राजस्व संकलन भएको हो ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले पासपोर्ट बनाउन आउनेको सङ्ख्या बढेको भुसालले बताए।

footwear zone

भुसालका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ ।

You might also like

Comments are closed.