राहदानीबाट वर्षमा आठ करोड ६५ लाख राजस्व संकलन

झापा । झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।

सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताए। आव २०७७/७८ मा छ हजार एक सय ८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६/७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व संकलन भएको थियो ।

footwear zone

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो । उनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् ।

You might also like

Comments are closed.