विराटनगरमा लक्ष्यको ६५ प्रतिशत राजस्व संकलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्ष्यको ६५ दशमलव २३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । विराटनगर भन्सारले भदौ महिनाका लागि रु चार अर्ब ७६ करोड ८५ लाख २९ हजार राजस्व असुलीको लक्ष्य पाएकामा तीन अर्ब रु ११ करोड एक लाख ८० हजार राजस्व संकलन गर्न सफल भएको हो ।

विराटनगर भन्सारले साउन महिनामा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन । साउनमा लक्ष्यको करिब ८१ प्रतिशत राजस्व संकलन गरेको थियो ।

साउन महिनामा विराटनगर भन्सारले रु तीन अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले सो महिला रु दुई अर्ब ९५ करोड १४ लाख ७० हजार संकलन गरेको थियो ।

footwear zone

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गानाले सरकारले आयातमा गरेको कडाइ र भारतीय सीमावर्ती जोगबनी बजार नजिकैको वीरगञ्ज पुल भासिएर सडक अवरुद्ध भएका कारण विराटनगर नाकाबाट हुने आयात अन्य नाकाबाट हुन थालेका कारण राजस्व संकलन प्रभावित भएको बताए ।

You might also like

Comments are closed.