‘राजस्व छली नियन्त्रणमा महत्वपूर्ण उपलब्धि’

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै तीन वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्दै आर्थिक अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ । महानिर्देशक दीर्घराज मैनालीको ३३ महीने कार्यकालको विवरण सार्वजनिक गर्दै विभागले सूचना प्रविधिको प्रयोगसँग जोडेर अनुसन्धान प्रणालीलाई व्यवस्थित गरिएकाले व्यावसायिक आचरण कायम गर्न विभाग सफल भएको जनाएको हो ।

आर्थिक सुशासन कायम गर्न राजस्व चुहावट नियन्त्रण एवं विदेशी विनिमय अपचलन नियन्त्रण कसुरमा अनुसन्धान तथा अभियोजन गर्ने प्रमुख जिम्मेवारी विभागको हो । विभागले आज सार्वजनिक सूचना जारी गरी त्यस अवधिमा राजस्व चुहावटतर्फ २२० मुद्दामा ७८० प्रतिवादी बनाई रु ३६ अर्ब ६१ करोडको छली गरेको आरोपमा अदालतमा मुद्दा चलाइएको जनाएको छ । अन्य १७ मुद्दामा रु सात अर्बको बिगो कायम गरी निर्णयका लागि सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।

यस्तै विदेशी विनिमय अपचलनतर्फ ४४० लाई प्रतिवादी बनाई रु १० अर्ब ७२ करोड बिगो कायम गर्दै मुद्दा दायर गरिएको मैनालीले जानकारी दिए । यस्तै मूल्य अभिवृद्धिकरका झुठा तथा नक्कली बीजक जारी गरी ठूलो परिमाणमा राजस्व छली गर्नेविरुद्ध १६० मुद्दा दर्ता गरिएको छ । उक्त मुद्दामा रु १९ अर्ब बढी बिगो बराबरको छली गरेको आरोप लगाइएको छ ।

footwear zone

विभागले २०७६ साउनदेखि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन, स्वस्थ, व्यावसायिक प्रतिस्पर्धा कायम गरी अनौपचारिक आर्थिक कारोवारलाई औपचारिकतर्फ लैजान भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिष्टम (भिसिटिएस) प्रयोगमा ल्याएको थियो ।

आर्थिक सुशासन प्रवद्र्धन गर्न, सूचना र प्रविधिको प्रयोग गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा १३ ‘ग’ मा भएको व्यवस्थाअनुसार व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली प्रयोग गरिएको हो । विभागबाट प्राप्त विवरणअनुसार यसले राजस्वको दायरासमेत बढेको र करको दायरामा नआएका व्यवसायीलाई दायराभित्र प्रवेश गराउन सहज भएको छ ।

उक्त सूचना प्रणाली छल्न खोज्ने व्यक्तिविरुद्ध झण्डै रु ३० करोड बिगो कायम गरी मुद्दा चलाइएको मैनालीले बताए । पछिल्लो समयमा एक हजार अनुगमनमा यसरी प्रणाली छली गरी मालसामान ढुवानी गर्नेलाई रु पाँच करोड बढी जरिवानासमेत लगाइसकिएको छ ।

सार्वजनिक सूचनाअनुसार उक्त प्रणालीका प्रयोगकर्ता नै एक लाख १३ हजार पुगिसकेका छन् । हालसम्म रु ४१ खर्ब बराबरको मालवस्तु सूचना प्रणालीमा प्रविष्ट गराई ओसारपसार भइसकेको छ । यसले राजस्व वृद्धिमा सहयोग पु¥याएको विभागको भनाइ छ । मैनाली बुधबारदेखि विभागबाट अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।

You might also like

Comments are closed.