रेजामार्टमा शपिङ गर्ने ग्राहकलाई ‘डबल खुसी’

पोखरा । दसैं तिहारलाई लक्षित गर्दै रेजामार्ट प्रालिले ‘डबल खुसी’ अफर सार्वजनिक गरेको छ । रेजामार्टमा शपिङ गर्दा ग्राहकहरुले शपिङसँगै उपहार पनि पाउने कम्पनीले जनाएको छ ।

यो अफर दसैंको घटस्थापनादेखि छठ पर्वसम्म चल्ने कम्पनीका संचालक रेम बिकले बताए । ‘ग्राहकहरुलाई शपिङले नै एकखालको खुसी त दिने नै भयो, त्यसैमाथि शपिङ गर्दा उपहार जित्ने मौका पनि हुने भएपछि खुसी डबल हुने भयो ।’ संचालकले भने–‘हामीले आफ्ना ग्राहकहरुसँग चाडपर्वको खुशी साझेदारी होस् भन्ने हेतुले यो अफर सार्वजनिक गरेका हौँ ।’

ग्राहकले रेजामार्टबाट सम्पूर्ण खाद्यान्न सामाग्री, प्याकेजिङ मासु, कस्मेटिक, मदिराजन्य पदार्थ, सफाई सामाग्री लगाएत खरिद गर्न सक्छन् । सम्पूर्ण खालको खरिदमा यो अफर लागु हुने संचालकले बताएका छन् । ‘हामीसँग उपलब्ध सम्पूर्ण सामाग्रीहरु खरिद गर्दा ग्राहकहरु यो स्किममा जोडिन पाउनुहुनेछ ।’ संचालक रेम बिकले भने–‘ग्राहकहरुको सजिलोको लागि रेजामार्टले निशुल्क होम डेलिभरीको सुविधा पनि दिएको छ ।’ होम डेलिभरी गर्दा पनि यो स्किमको फाइदा ग्राहकहरुले लिन सक्ने कम्पनीले जनाएको छ ।

footwear zone

रेजामार्ट डिपार्टमेन्टल स्टोर संचालनमा आएको एक वर्ष भैसकेको छ । ग्राहकहरुलाई सहुलियत र सहज रुपमा आवश्यक खाद्यान्न र अन्य सामाग्री उपलब्ध गराउने हेतुले शुरु भएको यो डिपार्टमेन्टल स्टोरले चाँडै नै पोखराका अन्य स्थानमा पनि आफ्नो आउटलेटहरु विस्तार गर्ने योजना बनाएको छ ।

 

You might also like

Comments are closed.