राइडमा रमाउँदै लेडी राइडरहरु

काठमाडौं । लेडी राइडरहरुको मात्र सहभागितामा ८० किलोमिटर राइड सम्पन्न भएको छ । विमा नेपालको आयोजनामा शनिबार राइड सम्पन्न गरिएको हो । बिहान ८ बजे काठमाडौं कलंकीस्थित भाटभटेनीबाट राइड सुरु भएको थियो । काठमाडौंका विभिन्न ठाउँ हुँदै थाकरे हिल भिलासम्म ८० किलोमिटर दुरीको राइड सम्पन्न भएको हो ।

राइडलाई विमा नेपालका अध्यक्ष सुनिता देशारसेले नेतृत्व गरेकी थिइन्् । जावा पेराकबाट उनले राइडलाई नेतृत्व गरेकी थिइन् । राइडमा १० जना लेडी राइडरहरु सहभागी रहेको सचिव उस्मिता थापाले जानकारी दिइन् ।

विमा नेपालले यस अगाडि पनि नेपालमा राइड आयोजना गर्दै आइरहेको थियो । विमा नेपालमा नेपाली नारी राइडरहरु आबद्ध छन् । २ पाँग्रे सवारी र नारी राइडरहरूको सेफ्टीको विषयमा संस्थाले काम गर्दै आइरहेको छ ।

footwear zone

You might also like

Comments are closed.