रिभर फल्स पावर लिमिटेड नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको सेयर धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ्ग र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले सयुक्तरुपमा हस्ताक्षर गरेका छन् । कम्पनीले २०७९ वैशाख २८ देखि जेठ ४ गतेसम्म निष्काशन गरेको आइपिओ बाँडफाँड जेठ ९ गते गरेकोमा आइपिओमा सेयर पाउने सेयरधनी तथा सर्वसाधारणले असार २ गतेबाट रिभर फल्स पावर लिमिटेडको सेयर खरिदबिक्री गर्न सक्नेछन् ।

निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो । कम्पनीले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

footwear zone

सेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँड पश्चात सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गर्ने कार्यका साथै धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुत गतिमा कम्पनीको सेयर सूचिकृत गराउन आवश्यक सहजिकरण गरी छोटो समयमै कम्पनीको सेयरलाई कारोबारमा ल्याउन सफल भएको छ । कम्पनीले नेप्सेमा कारोबारका लागि RFPL सिम्बोल पाएको छ ।

You might also like

Comments are closed.