रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

२०७९ जेष्ठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

footwear zone

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ४ गते सम्म सर्वसाधारणलाई प्राथमिक शेयर निश्कासन गरी जेष्ठ ९ गते बाँडफाँड सम्पन्न गरेको हो ।

You might also like

Comments are closed.