बङ्क–नायल–बुडर सडक निर्माण शिलान्यास

कञ्चनपुर। डडेल्धुरा जोडने छोटो मार्गका रूपमा रहेको बङ्क–नायल–बुडर सडक निर्माण शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रममा मङ्गलबार प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले चुनावमा गरिएको प्रतिबद्धतानुरूप सडक निर्माण कार्यको प्रारम्भ गरिएको बताए ।

नगर प्रमुख कर्णबहादुर हमालले सडक निर्माण गर्दा आइपर्ने बाधा व्यवधान समाधान गर्न तयार रहेको बताए । उनले नदीनाला खोल्सामा पुल निर्माण गर्ने र बाटोको क्षेत्रभित्र पर्ने रुखको कटानी गर्ने कार्यको थालनी गरिएको बताए ।

पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख दीपक नेगीले सडक निर्माणका लागि कोशी एण्ड न्यौपाने बन्दना भगवती जेभी बत्तीसपुतली काठमाडौँसँग रु तीन करोड दुई लाख ८२ हजार ५१२ मा सम्झौता गरिएको बताए ।

footwear zone

विसं २०७२ असार मसान्तमा सडक निर्माणका लागि सम्झौता भएको भए पनि सङ्घीय सरकारबाट प्रदेश सरकारलाई आयोजना हस्तान्तरणको कार्यमा भएको ढिलाइका कारण निर्माण ढिलो गरी शुरु भएको उले बताए ।

गतवर्ष मात्रै प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय स्थापना भएको उल्लेख गर्दै उनले वन क्षेत्रको अवरोधका कारण ट्र्याक खोल्ने कार्य अगाडि बढ्न नसकेको बताए । “वातवरणीय प्रभाव मूल्याङ्कनको कार्य प्रक्रियामै रहँदासमेत कार्य अगाडि बढाउन सकिएन”, उनले भने, “चालु आवको असोज २३ गते वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भूसंरक्षण विभाग कार्यालयबीच भएको सम्झौतानुरूप सडक खण्डमा पर्ने वन क्षेत्रको भोगाधिकार दिइयो ।”

सडक क्षेत्रमा पर्ने वनको भोगाधिकार दिइएको ठाउँमा रहेका एक हजार ४६६ रुख बिरुवा हटाउन स्वीकृति पाइएको उनले बताए । रुख कटान, मुछान, बेलान, छपान, घाटगद्दीलगायत थपेर सडक निर्माण गर्ने कम्पनीसँग रु तीन करोड ७८ लाख १९ हजार २३४ मा सम्झौता गरिएको उनको भनाइ छ । उनका अनुसार सम्झौताअनुरुप निर्माण गरिने २१ किलोमिटर सडक चालु आवभित्रै सम्पन्न गरिसक्नुपर्ने छ ।

You might also like

Comments are closed.