बाढीले क्षति पु¥याएको सडक अटो व्यवसायीद्वारा सञ्चालन

डोटी । जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको पक्की पुलदेखि विमानस्थलसम्म जोड्ने सडक यहाँका अटो व्यवसायीले सञ्चालन गरेका छन् ।

गएको असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको वर्षासँगैको बेमौसमी बाढीले उक्त सडकमा पूरै क्षति पु¥याएको थियो । सेती नदीसँगै जोडिएको उक्त सडकमा नदीले बगाएर ल्याएका बालुवा, काठ, ढुङ्गा जम्मा भएका कारण यातायात सञ्चालनमा निकै समस्या हुँदै आएको थियो ।

यातायात सञ्चालनमा समस्या हुनुका साथै सडक भरी जम्मा भएका बालुवा, काठ, ढुङ्गा अहिलेसम्म पनि नहटाएका कारण आफूहरूले उक्त सडक सफा गरी यातायात सञ्चालनमा सहज गराएको जिल्लामा सञ्चालित भागेश्वर अटो प्रालीका सचिव प्रदीप बोगटीले बताए ।

footwear zone

उनले भने, “नदीको बाढीले सडक बिगारेको महिनौँ हुँदासम्म कुनै पनि निकायबाट बाटो खुलाउनका लागि पहल भएन, हामी आफैँले अहिले सडक सुचारु गराएका छौँ, सबैलाई राहत भएको छ ।”

भागेश्वर अटो प्रालिले भाडामा स्काभेटर लगाएर उक्त सडक खुलाएको हो । यसअघि यहाँका अटो व्यवसायीले कुलपाते–राजपुर सडकमा आएको पहिरो पन्छाउनुका साथै सडकभरिमा रहेका खाल्डाखुल्डी पुरेका थिए । जिल्लामा विगत तीन वर्षदेखि सञ्चालनमा आएको अटो व्यवसायका कारण छोटो दूरीको यात्राका लागि निकै सहजसमेत भएको छ ।

You might also like

Comments are closed.