लुङखुदेउराली बालाकोट होश्राङ्दी सडक कालोपत्रे हुने

कृष्ण शर्मा/पर्वत ।लुङखुदेउराली बजार देखि मिलनचोक बाला कोट होश्राङ्दी सडक कालोपत्रे हुने भएको छ ।

बिहिबार महाशिला गाउँपालिकाका प्रबक्ता जीवन उच्चैठकुरीले प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री रामशरण बस्नेत सँग भेटधाट गरेका थिए ।

footwear zone

उक्त अबसरमा कालोपत्रे सडक निर्माणकार्यको लागी प्रदेश सरकारको तर्फबाट रु २३ करोड २२ लाख २२ हजार रकम सुनिश्चित गरि ठेक्का प्रक्रिया अगाडि लैजान पुर्बाधार बिकास कार्यालय पर्बत लाई पत्र पठाई सकिएको प्रबक्ता जीवन उच्चै ठकुरीले बताए । लुङखु देखी होश्राङ्दी सम्म करिब १२ किलो मिटर बाटो कालोपत्रे हुनेछ । आयोजना ३ बर्ष भित्र सकिने छ ।

आयोजनाको छिटैै शिलान्यास कार्यक्रम गरिने भएको छ । प्राकृतिक पर्यटकीय स्थल पैयुँकोट साथै धार्मिक पर्यटकीय स्थल महाशिलाको पर्यटन प्रवदनमा टेवा पुग्ने आशा गरिएको गाउँपालिका अध्यक्ष राजु पौडेलले बताए ।

सडक कालोपत्र योजना सुरु हुनेभए पछी स्थानीयवासीहरुमा खुसियाली छाएको छ ।

You might also like

Comments are closed.