काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको ‘आरओसी फिटनेस क्लब’ दोस्रो वर्षमा प्रवेश गरेको छ । फिटनेस क्लबले साउन १ गते आइतबार पहिलो वार्षिकोत्सव मनाएको छ ।
स्वास्थ्यप्रति सचेत र फिटनेसप्रति सचेत व्यक्तिहरुलाई लक्षित गरी एक वर्ष अगाडि आरओसी फिटनेस क्लब स्थापना गरिएको सञ्चालक सुजन श्रेष्ठले बताए । वार्षिकोत्सवको अवसरमा उनले सम्पूर्ण सेवाग्राही, प्रशिक्षक, कर्मचारीलगायत सम्पूर्ण शभेच्छुक एवं शुभचिन्तकहरुमा आभार व्यक्त गरेका छन् ।
जिम, कार्डियो, साउना, स्टिम, पावर लिफ्टिङ तथा स्पेसल कोर्षलगायतका सेवाहरु फिटनेस क्लबमा उपलब्ध रहेको श्रेष्ठले जानकारी दिए । ‘प्रोफेसन ट्रेनरहरु राखेर सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘पारिवारिक वातावरणमा सेवा उपलब्ध छ ।’ आधुनिक प्रविधिका मेसिनहरु राखेर क्लब सञ्चालन भइरहेको उनले बताए । ‘सेवाग्राहीको स्वास्थ्यप्रति हामी सचेत छौं,’ उनले भने ।

आगामी दिनमा पनि फिटनेस क्लबलाई प्राथमिकता दिँदै सेवा विस्तार गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । अहिले क्लबमा ट्रेनर र कर्मचारी गरी १० जना कार्यरत छन् । पावर लिफ्टर र बडी विल्डरलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने आफ्नो लक्ष्य रहेको श्रेष्ठले बताए ।
यसैबीच वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ काष्ठमाण्डप फ्रेण्डसिपसँगको सहकार्यमा आरओसी फिटनेस क्लबले रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । ६० युनिट रगत संकलन भएको छ ।





Comments are closed.