व्यावसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’को औपचारिक शुभारम्भ

काठमाडौं । । व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डटकमको औपचारिक शुभारम्भ भएको छ । ३ वटा मोवाइल एप्लिकेसन सार्वजनिक गर्दै मंगलबार नेक्सस डटकमको शुभारम्भ गरिएको हो ।

सम्भावनाहरुको सञ्जाल मुल नारासहित रोलिङ्स प्लान्स प्रालिले आफ्नो ब्राण्डको रुपमा स्थापना गरि बजारमा ल्याएको हो रोलिङ नेक्सस डटकम । इम्प्लोयमेन्ट, इन्टरप्रेनरसिप, इम्पावरमेन्ट र इन्गेजमेन्ट गरी चार ‘ई’ को सिद्धान्त अनुरुप सञ्जालको अवधारण संचालन गरिएको छ ।

मूल एप बाहेक रोलिङ कर्मशील स्वदेश र र रोलिङ कर्मशील विदेश पनि संचालनमा आएका छन् । रोलिङ कर्मशील स्वदेश एपबाट दक्ष अदक्ष श्रकिलाइृ उपयोगी हुने रोजगारी र अन्य अवसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत दिनेछ । स्वतन्त्र रोजगारी गर्न चाहनेका लागि सिप अनुशारको घर सेवा र सवारी साधन भएकाले वितरण सेवाको अवसरको खोजी गर्न सक्ने जनाईएको छ । रोलिङ कर्मशील विदेश एपमार्फत बैदेशिक रोजगारीको खोजी र विदेश बसाईका क्रममा परेका समस्या समाधानमा पहल तथा स्वदेश फर्केर केही गर्न चाहनेका लागि अवसरको लाभ लिन सक्नेछ्न ।

footwear zone

हरेक वर्गलाई सम्वोधन गर्न सहज होस भनी ७ समुहमा विभाजन गरिएको छ । रोलिङ जव, रोलिङ टेण्डर, रोलिङ फ्रिलान्स, रोलिङ क्याट, रोलिङ इभेन्ट, रोलिङ छलफर र रोलिङ बजार समुह रहेका छन् ।

You might also like

Comments are closed.