प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई ‘म्यानेजर अफ द इअर’ अवार्ड

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘म्यानेजर अफ द इअर–२०२२’बाट सम्मानित भएका छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन)ले न्यौपानलेलाई उक्त अवार्डबाट सम्मान गरेको हो । सम्मानका लागि बैंकले एसोसिएसनप्रति आभार व्यक्त गदै न्यौपानेलाई बधाई ज्ञापन गरेको छ ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हर्षित महसुस भएको र अभूतपूर्व सम्मान पाउनु आफ्नो लागि साँच्चै नै ठूलो उपलब्धी रहेको बताएका छन् ।

footwear zone
You might also like

Comments are closed.