रोटरी क्लब अफ पाटन हेरिटेजद्वारा १४ लाखको चेक हस्तान्तरण

काठमाडौं । रोटरी क्लब अफ पाटन हेरिटेजले सांस्कृतिक सम्पदा संरक्षण समूहलाई रु १४ लाखको चेक हस्तान्तरण गरेको छ ।

ललितपुरको मंगलबजारमा भैडेगा पुनर्निर्माण परियोजना सम्पन्न गर्न लागि उक्त रकम सहयोग गरेको क्लवका अध्यक्ष गणेश कार्कीले जानकारी दिएका छन् । भैडेगा पुनर्निर्माण परियोजना पूरा गर्नलाई सहयोग गर्ने सबैलाई सांस्कृतिक सम्पदा संरक्षण समूहले धन्यवाद दिएकाे छन् ।

रोटरी क्लव अफ पाटन हेरिटेज सन् २०२२ अगष्ट महिनाको ०९ तारिखमा रोटरी इन्टरनेशनलमा दर्ता भई नेपाल सरकारको संस्था दर्ता सम्वन्धी ऐन २०३३ अनुसार दर्ता भएको एक सामाजिक संस्था हो ।

footwear zone

स्वास्थ्य, शिक्षा क्षेत्रमा केहि योगदान पुर्‍याउने हेतुका साथ सामाजिक कार्य गर्ने उद्देष्य लिएर स्थापित यो संस्था कला तथा सँस्कृति, सम्पदाहरुको संरक्षण, सम्वर्धन तथा प्रवर्धनको गर्ने रगराउने कार्यमा समेत कतिबद्ध रहेको छ ।

You might also like

Comments are closed.