काठमाडौं । उपचुनाव निर्वाचनमा जनताको उत्साहजनक मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिपक्षमा बस्ने भएको छ ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठक पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति रवि लामिछानेले आफूहरुले रचनात्मक प्रतिपक्ष बनेर देखाउने बताए ।

सही ढंगले सदनमा प्रस्तुत हुने र जनजीविकाका मुद्धाहरुलाई प्राथमिकता दिने उनले बताए ।




Comments are closed.