ललितपुरको इमाडोलमा आइतबारदेखि साथीमार्टको आउटलेट सञ्चालनमा आउने

काठमाडौं । नेपालकै ठूलो चेन साथीमार्टको आउटलेट ललितपुरको इमाडोलमा आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।
इमाडोलको किस्ट मेडिकल कलेज नजिक रहेको सो आउटलेट व्यवसायी प्रवाश महर्जनले सञ्चालनमा ल्याउन लागेका हुन् ।

आउटलेट आइतबार बिहान ११ बजे महालक्ष्मी नगरपालिका १ का वडाध्यक्ष छिरिङ लामाले उद्घाटन गर्नेछन् । आउटलेटले उद्घाटनको दिन २५ प्रतिसम्म छुट दिने घोषणा समेत गरेको छ ।

आउटलेट सात सय स्क्वायर फिटमा फैलिएको यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर लगायतका सामान उपलब्ध हुनेछन् ।  करिब ४० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको यो आउटलेट कम्पनीको १ सय १९ औं आउटलेट हुनेछ ।

footwear zone

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

You might also like

Comments are closed.